आइएमई पेबाट ज्योति लाइफको प्रिमियम तिर्दा एक हजारसम्म क्यासब्याक, एकजनालाई स्मार्ट घडी



२०७९ जेठ २५ गते १७:५३ | Jun 8, 2022


आइएमई पेबाट ज्योति लाइफको प्रिमियम तिर्दा एक हजारसम्म क्यासब्याक, एकजनालाई स्मार्ट घडी


काठमाडौं। आइएमई पेले जेठ २५ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। 

Tata
Global Ime

आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने भएका छन्। 

‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर मार्फत आइएमई पेबाट ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तिर्ने मिति गुज्रिएको सात दिन भित्र भुक्तानी गर्दा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

अफर अवधिभर हरेक महिना एक बिजेताले स्मार्ट घडी जित्न सक्ने पनि कम्पनीले जनाएको छ।