मध्यपूर्वकै उत्कृष्ट तीस सेफमा नेपालका राहुल श्रेष्ठ, क्याटरर मिडल इस्टले गर्‍यो घोषणा



२०७९ असार १७ गते १५:१५ | Jul 1, 2022


मध्यपूर्वकै उत्कृष्ट तीस सेफमा नेपालका राहुल श्रेष्ठ, क्याटरर मिडल इस्टले गर्‍यो घोषणा


काठमाडौं। क्याटरर मिडल इस्टको ३० जना उत्कृष्ट फुड एण्ड वेभरेज प्रोफेसनलमा नेपालका राहुलबाबु श्रेष्ठ पर्न सफल भएका छन्। विभिन्न मुलुकमा क्याटरिङअन्तर्गत फुड एण्ड वेभरेज सेवामा कार्यरत प्रतिभाशाली र मेहनती सेफमध्ये राहुलले यो उपाधि पाएका हुन्।

Tata
Global Ime

क्याटरर मिडल इस्टले आयोजना गरेको ३० वर्ष मुनिका ३० जना उत्कृष्ट एफ एण्ड बीको नतिजा सार्वजनिक गरेको हो।

श्रेष्ठमा कामका सिलसिलामा अनुसन्धान र प्रयोग गर्न नडराउने विशेषता रहेको वागाटेल्लेले जनाएको छ। क्याटरिङमा क्लासिक र नयाँ शैलीको सन्तुलित मेनु तयारीमा उनले विशेष भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।

'रोचक स्वाद तयार पार्नका लागि उहाँको कल्पनाशक्ति निकै प्रशंसनीय छ। उहाँको यो नियमीत कार्यशैलीले हामीसँग जोडिएका नयाँ जनशक्तिलाई प्रेरणा लिने अवसर प्राप्त हुँदै आएको छ,' ग्रुप एक्जिक्युटिभ सेफ टिमोथी नुटनले भनेका छन्।

२८ वर्षीय श्रेष्ठले दुबईमा संचालित अमेरिकी लक्जरी रेष्टुरेण्ट वागाटेल्लेमा सुसेफको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी मनकामना केबुलकार प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठका छोरा हुन्।

क्याटरिङ सेवामा आबद्ध जनशक्ति र गतिविधिबारे समाचार प्रकाशन गर्दै आएको क्याटरर मिडल इस्ट मध्य पूर्वीय क्षेत्रकै ठूलो सञ्चारगृह हो। सन् २००५ बाट प्रकाशन सुरु गरेको यो सञ्चारगृहले क्याटरिङ सेवासँग जोडिएका उद्योग र त्यहाँ आबद्ध उत्कृष्ट व्यक्तिको बारेमा जानकारीमूलक सामाग्री प्रकाशन गर्दै आएको छ।