मुल्यवृद्धि झन्डै दोहोरो अंकनजिक, आम नेपालीका लागि टाउको दुखाइ बन्दैछ बढ्दो महँगी



२०७९ असार २७ गते १७:३७ | Jul 11, 2022


मुल्यवृद्धि झन्डै दोहोरो अंकनजिक, आम नेपालीका लागि टाउको दुखाइ बन्दैछ बढ्दो महँगी


काठमाडौं। महँगीले आम जनताको ढाड सेकिरहेको बेला मुल्यवृद्धिको दर दैनन्दिन बढ्दै गएको छ। विश्वबजारमा नै महँगी बढ्दै जाँदा यसको असर नेपालमा पनि परेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ।

Tata
Global Ime

राष्ट्र बैंकका अनुसार गैरखाद्य वस्तुको मूल्यवृद्धि जेठ महिनामा ९.४४ प्रतिशत पुगेको छ। यो गत वर्ष सोही अवधिको तुलनमा यो ७ प्रतिशत हाराहारी मात्र थियो।

यस्तै, जेठमा उपभोग्य वस्तुको मूल्य पनि ८.५६ प्रतिशतले बढेको छ। यो वैशाख महिनामा ७.८७ प्रतिशत थियो। 

बढ्दो मुल्यवृद्धि विश्वका धेरै देशहरुका लागि टाउको दुखाइको विषय बनेको छ। रसिया युक्रेन युद्ध साम्य नहुँदा पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ। 

सरकारले आगामी वर्ष मुद्रास्फीति ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ। तर आपूर्ति श्रृंखलामा व्यवधान, इन्धनको ठाडो मूल्यवृद्धि र अमेरिकी डलरको दैनन्दिन महँगिदै गएको परिदृष्यबीच मूल्यवृद्धिलाई सरकारको लक्षित सीमाभित्र बाँध्न असम्भवजस्तै रहेको छ।