ट्‍वीटरको कम्पनी किन्न बाध्य पार्ने प्रयासको खिल्ली उडाउँदै गरे एलोन मस्कले ‘ट्‍वीट’



२०७९ असार २८ गते १६:२२ | Jul 12, 2022


ट्‍वीटरको कम्पनी किन्न बाध्य पार्ने प्रयासको खिल्ली उडाउँदै गरे एलोन मस्कले ‘ट्‍वीट’


काठमाडौं। इलन मस्कको ट्वीटर खरिद गर्ने ४४ अर्ब अमेरिकी डलरको डिल भाँडिएपछि ट्‍वीटरले मस्कविरुद्ध कानुनी लडाई लड्न विश्वका शीर्ष कर्पोरेट ल फर्महरूलाई मैदानमा उतारेको छ। मस्कविरुद्ध ट्वीटरले सम्भवतः १-२ दिनभित्रै डेलावर अदालतमा मुद्दा दायर गर्नेछ।  

Tata
Global Ime

ट्वीटरको यही प्रयासको खिल्ली उडाउँदै सोमबार बिहान मस्कले ट्विट गरेका छन्। जसमा उनले आफ्नै खित्का छोडेर हाँसेको चारओटा तस्बिरहरूसहित क्रमबद्ध तरिकाले राखेर हरेक फोटोको बाँयापट्टि क्याप्शन लेखेर कोलाज बनाइको एक फोटो ट्वीट गरेका छन्। 

ती क्याप्शनहरूमा उनले ‘उनीहरूले मैले ट्विटर किन्न सक्दिन भने। त्यसपछि उनीहरूले बट बारेमा जानकारी खुलासा गरेनन् । अब उनीहरू मलाई अदालतमा ट्विटर किन्न बाध्य पार्न चाहन्छन्। अब उनीहरूने बट बारेमा अदालतमा  जानकारी खुलासा गर्नुपर्छ।’

मस्क त्यतिमा नै रोकिएनन्। लगत्तै मस्कले अभिनेता चक नोरिसले चेस बोर्डको छेउमा एउटा प्यादा साथ मात्रै चेस खेलिरहेको र अर्को छेउमा गोटीहरुकाे पूर्ण सेट रहेको तस्वीर सहित "चेकमेट" लेखेर ट्वीट गरेका छन्।

तर ट्विटरका लगानीकर्ताहरू भने हाँसिरहेका छैनन्। सोमबार प्रारम्भिक प्रि-मार्केट ट्रेडिंगमा ट्विटरको सेयर ५  प्रतिशतले तल झरेको थियो भने अप्रिलमा ट्विटरमा मस्कको प्रारम्भिक होल्डिङ्स खुलासा भएदेखि टेस्लाको सेयर ३१ प्रतिसतले घटेको थियो। प्रिमार्केट ट्रेडिङमा टेस्लाको सेयर मूल्य १% बढेको  छ।