फेक रिभ्यु गर्ने १० हजारभन्दा बढी फेसबुक समूहका संचालनलाई कानुनी कारबाही गर्दै अमेजन



२०७९ साउन ४ गते २१:४१ | Jul 20, 2022


फेक रिभ्यु गर्ने १० हजारभन्दा बढी फेसबुक समूहका संचालनलाई कानुनी कारबाही गर्दै अमेजन


अमेजनले १० हजारभन्दा बढी फेसबुक समूह स‌ंचालन गर्नेहरूविरुद्ध कानुनी कारबाही गर्ने भएको छ।

Tata
Global Ime

अमेजनका अनुसार ती फेसबुक समूहहरूले अमेजनको अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली, स्पेन र जापान लगायतका देशहरूमा स्थापित बजारहरूमा नक्कली समीक्षाहरू सिर्जना गरिरहेका छन्।

यस टेक जाइन्टका अनुसार ती समूहहरूले अमेजनको साइटमा पोस्ट गरिएका नक्कली/फेक समीक्षाहरूको बदलामा पोस्ट गर्नेहरूलाई पैसा वा निःशुल्क सामानहरू नै दिने गरेका छन्।

यस्तै किसिमको एउटा फेसबुक ग्रुपलाई फेसबुकको प्यारेन्ट कम्पनी मेटाले यस वर्षको सुरुमा हटाएको थियो, जसमा ४३ हजार सदस्य थिए। यस ग्रुपको नाम नै ‘अमेजन प्रोडक्ट रिभ्यु’ थियो।

त्यस्ता समूहहरूले एकपटक उनीहरूको सदस्यहरूले प्रोडक्टहरू खरिद गरेर समीक्षाहरू लेखेपछि उनीहरूलाई पैसा फिर्ता गर्छन्। यी प्रोडक्टहरूमा कार स्टेरियोदेखि क्यामेरा ट्राइपडहरूसम्मका सबै किसिमका प्रोडक्टहरू पर्छन्।

समीक्षाहरूको ठूलो संख्या मुख्यतः सकारात्मक हुँदा अमेजनको प्लेटफर्महरूमा बिक्रेताहरूको भिजिबिलिटी बढाउँछ, जसले गर्दा उनीहरूलाई सर्च इन्जिन परिणामहरूमा माथिल्लो स्थानमा राख्छ।

अमेजनका बिक्रेताहरूले भने यो काम फेक समीक्षाहरूको रूपमा हुन्छ भन्ने जानकारीबिनै उनीहरूको अनलाइन रेटिङ बढाउनका लागि लिइएको सेवाको रूपमा वैधरूपमा नै भुक्तानी गर्न सक्छन्।

फेसबुक समूहहरूका प्रशासकहरूले ‘कि फ्रेजेजहरू’ अर्थात मूल वाक्यांशहरूलाई फेसबुकको अटोमेटिक नै पत्ता लगाउन नसक्ने खालको शब्द/संकेतहरू प्रयोग गर्छन्। अमेजनले प्रस्तुत गरेको एक उदाहरण यस्तो छ: "R*fnd Aftr R*vew" अर्थात रिफण्ड आफ्टर रिभ्यु। 

अमेजनले रिपोर्ट गरेपछि लगभग आधा जति त्यस्ता समूहहरू मेटाले हटाएको छ। अमेजनले कानुनी कारबाही आफ्नै सीएटल हेडक्वाटरनजिकै वाशिंगटन किङ काउन्टीको एक अदालतमा दायर गरिएको छ।

मेटाले जारी गरेको एक विज्ञप्तिअनुसार नक्कली समीक्षाहरू प्रोत्साहन गर्ने फेसबुक समूहहरूले उनीहरूको  नीतिहरूको उल्लंघन गर्छ र स्वत: हटाइन्छन्।

‘हामी यस विषयमा अमेजनसँग काम गरिरहेका छौं। स्पाम र नक्कली समीक्षाहरूलाई सम्बोधन गर्न उद्योगभरि साझेदारी गर्न जारी राख्नेछौं,’ मेटाले भनेको छ। (बीबीसीबाट)