चिनियाँ स्मार्टफोन ब्राण्ड अनर औपचारिकरूपमा भारतबाट बाहिरियो, व्यापार जिम्मा पार्टनरहरुलाई



२०७९ साउन ८ गते ०९:५१ | Jul 24, 2022


चिनियाँ स्मार्टफोन ब्राण्ड अनर औपचारिकरूपमा भारतबाट बाहिरियो, व्यापार जिम्मा पार्टनरहरुलाई



काठमाडौं। चिनियाँ स्मार्टफोन ब्राण्ड अनर भारतबाट बाहिरिएको छ। अनरका प्रमुख कार्यकारी अधिकृत जाओ मिङले कम्पनी औपचारिक रुपमा भारतबाट बाहिरिएको घोषणा गरेका छन्। 

Tata
Global Ime

एक अन्तर्वार्तामा उनले अनर भारतबाट बाहिरिएको प्रतिक्रिया दिएका छन्। वर्षौंदेखि भारतीय बजारमा उपस्थिति जनाएको अनरले आफ्ना पार्टनरहरु भने भारतमा व्यापारका लागि यथावत रहेको जनाएको छ। 

भारतमा अनरले राम्रो नाफा कमाइरहेको बताइएको छ। अनरले भविष्यमा पुन: भारतीय बजार प्रवेश गर्न सक्ने सम्भावना भने कायमै रहेको जनाएको छ।

सीइओ मिङले घट्दो बजारका बाबजुद उपभोक्ताहरुको इच्छाअनुसारको प्रडक्ट ल्याउने बताएका छन्।