२०२२ को दोस्रो त्रैमासमा ११.१% ले घट्यो ग्लोबल पीसी सिपमेन्ट, शीर्ष ५ कम्पनीलाई नै धक्का



२०७९ साउन १३ गते ११:०५ | Jul 29, 2022


२०२२ को दोस्रो त्रैमासमा ११.१% ले घट्यो ग्लोबल पीसी सिपमेन्ट, शीर्ष ५ कम्पनीलाई नै धक्का


काठमाडौं। सन् २०२२ को दोस्रो त्रैमासमा ग्लोबल पीसी सिपमेन्ट २०१३ को दोस्रो त्रैमासपछि कै सबैभन्दा ठूलो गिरावट देखिएको छ। काउन्टर पोइन्टले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार २०२२ को दोस्रो त्रैमासमा पीसी सिपमेन्ट ११.१ प्रतिशतले घटेर जम्मा ७ करोड १२ लाख थान पीसी सिपमेन्ट भएको छ।

Tata
Global Ime

विश्वभर भइरहेको मूल्यवृद्धि र क्षेत्रीय द्वन्द्वका कारण पनि पीसीको माग घट्दै गएको देखिन्छ। अमेरिका र युरोपेली युनियनले २०२२ को दोस्रो त्रैमासमा दोहोरो अंकको गिरावट भोग्नुपरेको छ। क्रोमबुकको माग घट्दा दोहोरो अंकले पीसी सिपमेन्ट घटेको काउन्टरपोइन्टले जनाएको छ।  

चीनको सांघाई र कुन्सान सहरहरुमा लकडाउन भएकाले सिपमेन्टको मात्रा घटेको बताइएको छ। यी दुई सहरमा लगाइएको लकडाउनका कारण पीसी सप्लाई चेन र प्राइमरी ल्यापटप ओरिजिनल डिजाइन म्यानिफ्याक्चरर्स (ओडीएम) कोमपल, विस्ट्रन र क्वान्टासहितले उत्पादनमा अवरोध खेपेका छन्।  

पीसी बजारमा सबैभन्दा धेरै हिस्सा लेनोभोले ओगट्न सफल भएको छ। ग्लोबल पीसी सिपमेन्टमा लेनोभोको हिस्सा २४.४ प्रतिशत छ। चिनियाँ कम्पनी लेनोभोको समग्र सिपमेन्ट १२.७ प्रतिशतले घटेर एक करोड ७४ लाख थान मात्रै भएको बताइएको छ। 

२०२२ को दोस्रो त्रैमासमा सबैभन्दा ठूलो धक्का एचपीलाई लागेको छ। एचपीको पीसी सिपमेन्ट उक्त त्रैमासमा २७ प्रतिशतले घटेको छ। 
एसर ब्राण्डले पनि १४.८ प्रतिशतको गिरावट भोगेको छ। क्रोमबुककै कारण एसरको सिपमेन्ट पनि ओरालो लागेको बताइएको छ। सिपमेन्ट घटेपनि कम्पनीले बजार हिस्सामा चौथो स्थान कायम राख्न भने सफल भएको छ। 

अमेरिकी टेक कम्पनी एप्पलको सिपमेन्ट पनि २० प्रतिशतले घटेको छ। चीनकझ क्वान्टा म्यानिफ्याक्चरिङ लाइनको सप्लाई चेनमा अवरोध आउँदा एप्पलको सिपमेन्ट घटेको बताइएको छ। म्याकबुकमा एम टु चिप जडान हुने भएकाले एप्पलको बजार हिस्सा भविष्यमा बढ्ने आकलन गरिएको छ। 

त्यसैगरी, एससको पनि पीसी सिपमन्ट घटेको छ। २०२२ को दोस्रो त्रैमासमा एप्पल र एसस समान पाँचौं स्थानमा छन्।