रियलमीले ल्यायो इन्ट्री लेभलको शक्तिशाली स्मार्टफोन रियलमी सी-३१, मूल्य १७,७९९ रुपैयाँ



२०७९ साउन १५ गते ११:१४ | Jul 31, 2022


रियलमीले ल्यायो इन्ट्री लेभलको शक्तिशाली स्मार्टफोन रियलमी सी-३१, मूल्य १७,७९९ रुपैयाँ



काठमाडौं। रियलमीले इन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ। स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ। जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ। 

Tata
Global Ime

फोनमा १.८ गिगाहर्जको अक्टाकोर युएनआइएसओसी टी६१२ प्रोसेसर छ। उत्कृष्ट फोटोग्राफीको लागि १३ मेगापिक्सेलको क्यामरा छ। 

रियलमीले उक्त स्मार्टफोनको मूल्य १७,७९९ रुपैयाँ तोकेको छ। ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजसहित उपलब्ध यो फोन यो सबैभन्दा पातलो सेट भएको दाबी कम्पनीको छ। 

‘यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्टफोनको रुपमा रियलमी सी३१ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यो एकदमै स्लीक र सबैभन्दा कम्फर्टेबल फोन हो। यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिस हुनुका साथै सुपथ मूल्यमा उपलब्ध छ। हामी टप पर्फर्मेन्समा विश्वास गर्छौं, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु क्वालिटी चेक पछि मात्र बजारमा जान्छन्,’ रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने।