आइएमइ पेको घण्टी बज्यो अफर सार्वजनिक, वालेटमा रेमिटेन्स पाउने २ जनालाई स्मार्टफोन उपहार



२०७९ साउन २९ गते १६:४९ | Aug 14, 2022


आइएमइ पेको घण्टी बज्यो अफर सार्वजनिक, वालेटमा रेमिटेन्स पाउने २ जनालाई स्मार्टफोन उपहार



काठमाडौं। आइएमइ पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। 

Tata
Global Ime

अफर अनुसार विदेशबाट पठाएको रेमिटेन्स सिधैं आइएमइ पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना बिजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ। 

साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि यो अफर कायम रहने बताइएको छ।

अफरमा हरेक हप्ता १/१ जना बिजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।