अत्याधुनिक प्रविधिसहितको एसी एयर एक्सपर्टले नेपाली बजार भित्र्यायो



२०७९ साउन ३० गते १६:०९ | Aug 15, 2022


अत्याधुनिक प्रविधिसहितको एसी एयर एक्सपर्टले नेपाली बजार भित्र्यायो


काठमाडौं। एयर एक्सपर्ट नेपालले माइदिया ब्रिजलेस इन्भर्टर एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ। 

Tata
Global Ime

यो नयाँ पुस्ताको माइदिया ब्रिजलेस एयर कन्डिसनरको नयाँ तथा आधुनिक प्रविधि, ऊर्जा बचत मोड र स्टाइलिस डिजाइनले प्रभावित पार्ने दाबी कम्पनीको छ। यसमा रहेको वाइफाई कन्ट्रोल फिचरले स्मार्टफोन वा ट्याब्लेटबाट नै एसी चलाउन सकिने बताइएको छ।

व्यवसायिक जडान, वारेन्टीका साथ पार्ट्सहरू पनि सजिलै पाइने कम्पनीले जनाएको छ।  

माइदिया र मिस्सुबिसी जस्ता ठूला उत्पादक कम्पनीको सिस्टमलाई उपकरणमा आत्मसाथ गरिएको एयर एक्सपर्टसले जनाएको छ।