दोब्बरले उक्लियो मूल्यवृद्धि दर, असारमा ८.०८ प्रतिशत वृद्धि, वर्षभरीको औषत ६.३२ प्रतिशत



२०७९ साउन ३१ गते १७:५१ | Aug 16, 2022


काठमाडौं। सरकारले राखेको लक्ष्यलाई नाघेर मूल्यवृद्धि पोहोरभन्दा दोब्बरले उक्लिएको छ। मंगलबार राष्ट्र बैंकले गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै मूल्यवृद्धि असारमा ८.०८ प्रतिशत पुगेको जनाएको छ।

Tata
Global Ime

ठिक एक वर्षअघि मूल्यवृद्धि ४.१९ प्रतिशत मात्र थियो। वार्षिक औषत मूल्यवृद्धि ३.६ प्रतिशत मात्र थियो। चालु वर्षको औषत मूल्यवृद्धि ६.३२ प्रतिशत छ। वार्षिक प्रक्षेपणभन्दा भने यो कम हो। सरकारले सात प्रतिशतमा मूल्यवृद्धि कायम गर्ने लक्ष्य लिएको थियो।

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्यबस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्राको अमेरिकी डलरसँग अवमूल्यनका कारणले मूल्यवृद्धिमा चाप परेको प्रष्टिकरण राष्ट्र बैंकले दिएको छ।

भारतको तुलनामा पनि नेपालको मूल्यवृद्धि उच्च छ। भारतमा ६.७१ प्रतिशत हुँदा नेपालमा ८ प्रतिशत नाघेको हो। राष्ट्र बैंकले चालु वर्ष दोहोरो अंक पुग्ने अनौपचारिक अनुमान गरेको छ। लक्ष्य भने सात प्रतिशत मात्र प्रक्षेपण गरेको छ।