
काठमाडौं। मारुती सुजुकीको नयाँ अल्टो के-१० भारतमा सार्वजनिक भएको छ। यसको मूल्य भारतमा ४ लाखदेखि ६ लाख भारु तोकिएको छ। यस भन्दा अघिको के-१० को उत्पादन बन्द गरिएको थियो। त्यति बेला युरो ६ मापदण्ड सुरुवात भइरहेको थियो।
यो तेस्रो पुस्ताको अल्टो के-१० पहिलेको मोडल अल्टो ८०० भन्दा ४५ एमएम ठूलो छ। यसमा रहेको टायरमा ह्वीलबेस २३८० एमएमको छ। पुरानोको तुलनामा नयाँ गाडीको बाहिरी-भित्री दुवै डिजाइन परिवर्तन गरिएको छ।
साथै यसमा सेलेरियोको १.० लिटरको के-१० सी पेट्रोल इन्जिन छ। यसको शक्ति ६७ हर्षपावर छ भने पिक पावर ८९ एमएम क्षमताको छ। यो भनेको सेलेरियो र एस-प्रेसो मोडलले दिने क्षमता हो। साथै ५-स्पिडको म्यानुअल र एएमटी अर्थात स्वचालित गियरबक्स छ।
एक लिटर पेट्रोलमा २५ किलोमिटरसम्मको दुरी पार गर्न सकिने कम्पनीले दाबी गरेको छ। यसलाई अहिलेको नयाँ सेलेरियोको जस्तो लुक्स दिइएको छ।
सुरक्षाको विषयमा यो गाडीमा अटोमेटिक ब्रेकिङ सिस्टम (एबीएस) को व्यवस्था गरिएको छ। जसले गाडीलाई सन्तुलन गर्छ। यसमा अगाडि डुअल एयर ब्याग र पछाडि सिटबेल्ट छ।
यसले ग्लिन्टो र इम्प्याक्टो गरी दुई वटा एक्सेसोरिजहरुको प्याकेज पनि ल्याएको छ। यी प्याकेजहरुमा सबै बाहिरी डिजाइनमा कष्टोमाइज गर्न सकिने एक्सोसोरिजहरु समावेश छन्।
कम्पनीले यसको डिजाइनमा पनि पहिलेको मोडलमा भन्दा धेरै परिवर्तन गरेको छ। नयाँ सिंगल पीस फ्रन्ट ग्रिल, सी आकारको बम्पर, स्विप्ट ब्याक हेडल्याम्प, निकै स्मार्ट क्याविन, १३ इन्चको स्टील ह्वील, स्क्वायर आकारको टेल ल्याम्प जस्ता विशेषता छ।