टीभीएसले गर्‍यो नारायणी क्षेत्रमा ४० जना राइडरको साथमा एओजीको राइड आयोजना



२०७९ भदौ ५ गते १९:११ | Aug 21, 2022


टीभीएसले गर्‍यो नारायणी क्षेत्रमा ४० जना राइडरको साथमा एओजीको राइड आयोजना


काठमाडौं। टू–ह्वीलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत नारायणगढको मल्ल श्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्याण्ड सम्म राइटको आयोजना गरेको छ।

Tata
Global Ime

 शनिवार आयोजना गरिएको कार्यक्रममा ४० जना राइडर सहभागी थिए।

त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी समेत दिएका थिए। उनले भने ‘हामीले सडक सुरक्षा सम्वन्धी थप जानकारी दिने मौका पाएका छौं। यो हाम्रो लागि गर्वको कुरा हो। नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं।’

त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तब्य राखेका थिए। उनले अन्य व्राण्डले चितवनमा यस्तो कार्यक्रम नगरेको बताए। 

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ। यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ।

यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ। जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो।

नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको विज्ञप्तिमा उल्लेख छ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको दाबी छ।