
काठमाडौं। नेपाल इको प्यानलले ७० वर्षको वारेन्टी घोषणा गरेको छ। स्थायी तथा अस्थायी संरचनामा पार्टेसन वालको रुपमा नेपाल इको प्यानल लगाइसकेपछि ७० वर्षभित्र केही म्यानुफ्याक्चरिङ डिफेक्टलगायत अरु केही समस्या आएमा रिप्लेसमेन्ट ग्यारेन्टी दिने घोषणा गरेको हो।
प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले विभिन्न अनुसन्धानपत्रको अध्ययनपश्चात् नेपाल इको प्यानल ७० वर्षसम्म केही नहुने निश्चित भएकाले यस्तो घोषणा गरेको बताए।
‘निरन्तरको घामपानी, आगलागी जस्ता भवितव्यका साथै म्यानुफ्क्यारिङ डिफेक्टका कारण नेपाल इको प्यानलमा केही समस्या आए यसको रिप्लेसमेन्ट ग्यारेन्टी हामी दिन्छौं,' सीइओ दुवालले भने, ‘त्यसकारण ढुक्क भएर हाम्रो लाइटवेट कंक्रिट प्यानलहरु घरको भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग गर्न हामी आह्वान गर्छाै।’
नेपाल इको प्यालन इपीएस (चलनचल्तीको भाषामा थर्माेकोल), सिमेन्ट, बालुवाको मिश्रण र दुईतिर ४.५ मिलिमिटर मोटाइको सिमेन्ट वोर्ड-क्लासियम सिल्केट बोर्डबाट बनेको हुन्छ।
इपीएस भनेको हलुका तथा दिगो निर्माण सामाग्री उत्पादन गर्न क्रंक्रिटमा मिसाउने एकखालको पोलिस्टायरिन हो। यसको घनत्व १० देखि १२ किलो प्रति घनमिटर मात्र हुन्छ। यो इपीएस बालुवा, सिमेन्टमा मिसाउँंदा कंक्रिटको घनत्व ६ सय ५० किलो प्रति घनमिटर मात्र हुन्छ, जबकि साधारण कंक्रिटको घनत्व २ हजार ४०० किलो प्रति घनमिटर हुन्छ।
‘नेपाल इको प्यानल बन्दा त्यसमा इपीएस मिसाउने भएकोले यसको पानी सोस्ने क्षमता ६.९ प्रतिशत मात्रै हुन्छ, जबकि साधारण प्लाष्टरको पानी सोस्ने क्षमता ९.४ प्रतिशत हुन्छ,’ सीइओ इन्जिनियर दुवालले थपे, ‘कुनै पनि सिमेन्ट कंक्रिटमा पानी सोस्ने क्षमता कम हुनु भनेकै यसको आयु बढ्नु हो। यो कुरा विभिन्न अध्ययनले देखाएको छ।’
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालका रूपमा प्रयोग हुने निर्माण सामाग्री हो।