विद्युत विकास विभागको महानिर्देशकमा चिरञ्जीवी चटौत, ‘केही फरक देखाउने गरी काम गर्छु’



२०७९ भदौ २० गते २०:५३ | Sep 5, 2022


विद्युत विकास विभागको महानिर्देशकमा चिरञ्जीवी चटौत, ‘केही फरक देखाउने गरी काम गर्छु’


काठमाडौं। ऊर्जा मन्त्रालयले चिरञ्जीवी चटौतलाई विद्युत विकास विभागको महानिर्देशकमा नियुक्त गरेको छ। आइतबारको मन्त्रीस्तरीय निर्णयले चटौतलाई महानिर्देशकको जिम्मेवारी दिएको हो।

Tata
Global Ime

उनले सोमबार पत्र बुझिसकेका छन्। उनी मन्त्रालयको वैदेशिक सहायता तथा प्रदेश समन्वय शाखा प्रमुखका रुपमा कार्यरत थिए। २०५२ सालमा इलेक्ट्रिकल इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनले सिंचाई र भवनका विभिन्न आयोजनामा काम गरेका छन्। २०६१ भदौमा उनी सिनियर डिभिजनल इन्जिनियर र २०७० सालमा सहसचिवमा बढुवा भएका थिए।

उनले तीन वर्ष पञ्चेश्वरमा बहुउदेश्यीय आयोजनामा काम गरेका छन्। ऊर्जा संकट निवारण तथा विद्युत दशक कार्यक्रममा समेत काम गरेका उनले विभागकै उपमहानिर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। ऊर्जा क्षेत्रमा उनी अनुभवी मानिन्छन्।

चटौतले नियम कानुन कार्यान्वयन गर्दै काम गर्ने बताए। ‘विद्युत विकास विभागले विद्युत प्रवर्द्धनको काम गर्ने हो। प्रवर्द्धनका लागि विवेकले भ्याएसम्मको काम गर्छु,’ उनले बिजमाण्डूसँग भने,’कति सक्छु। केही फरक देखाउने गरी काम गर्छु।‘

विद्युत विकास विभागका महानिर्देशक सन्दिप देवलाई मन्त्रालयमा पठाइएको छ।