भारतमा जीप कम्पासको मूल्य सबै भेरियन्टमा ९० हजार भारुले बढ्यो, नेपालमा पनि बढ्ने



२०७९ भदौ २२ गते १०:०४ | Sep 7, 2022


भारतमा जीप कम्पासको मूल्य सबै भेरियन्टमा ९० हजार भारुले बढ्यो, नेपालमा पनि बढ्ने


काठमाडौं। भारतमा जीप कम्पास एसयूभीको सबै भेरिएन्टको मूल्य ९० हजार भारुले बढेको छ।  अब जीप कम्पासको सबै भेरियन्टको सुरुवाती मूल्य भारु १९ लाख २९ हजार पुगेको छ।

Tata
Global Ime

यसअघि यो मोडलको सुरुवाती मूल्य १८ लाख ३९ हजार भारु थियो। भारतमा ५ वर्षअघि सार्वजनिक भएको यो एसयूभीमा कम्पनीले एकैपटक यति धेरै मूल्य बढाएको पहिलो पटक हो।

जीपले कम्पासलाई १.४ लिटर टर्बो पेट्रोल र २.० लिटर डिजल इन्जिनमा निर्माण गरी बिक्री गर्दै आएको छ। यी मध्ये १.४ लिटर टर्बो पेट्रोलको पावर १६३ एपची र २.० लिटर डिजेलको पावर १७३ एचपी छ।

भारतीय बजारमा मूल्य बढेपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्ने गरेको छ। नेपालका लागि जीप गाडीको आधिकारिक बिक्रेता एमएडब्लु लाइफ हो। नेपाली बजारमा अहिले यसको कुल ९ वटा भेरियन्ट उपलब्ध छन्।

जसमध्ये बेस भेरियन्ट स्पोर्ट्स म्यानुअल पेट्रोलको मूल्य ८७ लाख ९० हजार कायम गरिएको छ भने टप भेरियन्ट मोडल एस अटोमेटिक फोर ह्‍वील ड्राइभ डिजेलको १ करोड ३९ लाख ९० हजार रुपैयाँमा बिक्री भइरहेको छ।