गुगलले आगामी अक्टोबर ६ मा आफ्नो 'मेड बाई गुगल' लञ्च गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रममा, टेक जायन्ट गुगलले पिक्सल वाचका साथै पिक्सल सेभेन सिरिजका फोनहरू सार्वजनिक गर्ने बताएको छ। पिक्सल वाच गुगलको पहिलो स्मार्टवाच हो।
गुगल पिक्सल सेभेन सिरिजमा पिक्सल सेभेन र पिक्सल सेभेन प्रो समावेश हुनेछ। यी तीनै उपकरणहरू यस वर्षको सुरुवातमा गुगल आई/ओ कार्यक्रममा प्रदर्शन भइसकेका छन्।
एप्पललाई टक्कर दिँदै गुगलको यस इभेन्टको घोषणा एप्पलको आईफोन १४ लञ्च गर्ने फार आउट कार्यक्रमको पूर्वसंध्यामा आएको छ।
कम्पनीले एक ब्लग पोस्टमार्फत गुगलका यी नयाँ डिभाइसहरू लञ्च भएको दिनदेखि गुगल स्टोर डट कमको वेवसाइट र न्यूयोर्क सहर क्षेत्रका भौतिक स्टोरहरूमा खरिदका लागि उपलब्ध हुने जानकारी गराएको छ।
पिक्सल सेभेन फोनहरू एन्ड्रोइड १३ मा चल्नेछन् र गुगलको कस्टम मोबाइल चिपको टेन्सर नामक नवीनतम पुनरावृत्ति फिचर हुनेछ।
गुगलको यो लञ्च कार्यक्रम न्यूयोर्कको विलियम्सबर्गमा हुनेछ। (रोयटर्सबाट साभार)