
काठमाडौं। एमएडब्लु अर्थमुभर्सले नेपालमा १० हजार युनिट जेसीबी बिक्री गरेको छ। एमएडब्लु हेभी इक्विपमेन्ट जेसीबीको नेपालका लागि आधिकारिक बिक्रेता हो।
कम्पनीले शुक्रबार एक कार्यक्रम आयोजना गरी जेसीबी भारतका सीइओ तथा एमडी दीपक सेठी तथा एमएडब्ल्युका एमडी विष्णुकुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डेलाई १० हजारऔं जेसीबीको साँचो हस्तान्तरण गरेका हुन्।
कम्पनीका एमडी अग्रवालले बिक्री पछिको सर्भिसले गर्दा जेसीबीको यात्रा यहाँसम्म पुग्न सफल भएको बताए। 'अझै कम्पनीले नेपालभरी ६५ डलरसीप विस्तार गरिनेछ। सर्भिसमा गुणस्तरको ग्यारेन्टी गर्ने र बिक्री पछिको सर्भिसलाई तीब्र रुपमा विस्तार गर्नेमा जोड दिनेछ,' उनले भने।
अग्रवालले जेसीबीको नेपालमा एसेम्बल गर्न अध्ययनहरु गर्ने पनि बताए। उनले जेसीबीको बजार हिस्सा ३० प्रतिशत पुर्याउने पनि घोषणा गरे। अहिले जेसीबीको बजार हिस्सा २० प्रतिशत छ।