नेपाल प्रहरीमा ५ हजार २२७ जनाको भर्ना खुला, समावेशी प्रावधानअनुसार खुल्ला भर्ना गरिने



२०७७ कात्तिक १ गते १०:०५ | Oct 17, 2020


नेपाल प्रहरीमा ५ हजार २२७ जनाको भर्ना खुला, समावेशी प्रावधानअनुसार खुल्ला भर्ना गरिने


Tata
Global Ime

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा नयाँ भर्ना लिने भएको छ। रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जना खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना लिने भएको हो।  

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने जनाइएको छ। 

भर्ना हुन इच्छुकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्। उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनोट महाशाखाको फोन नम्बर ०१-४४१४९०६ मा सम्पर्क राख्न सकिने सो महाशाखाले जनाएको छ ।