फास्ट ट्रयाक आयोजनाले माग्यो मेकानिकसहित २० कर्मचारी, साधारण लेखपढले दरखास्त दिन पाइने  



२०७७ मंसिर ९ गते १२:४१ | Nov 24, 2020


Tata
Global Ime

काठमाडौं। काठमाडौं- तराइ मधेस द्रुतमार्ग आयोजना, जंगी अड्डाले मेकानिकसहित विभिन्न पदका लागि कर्मचारी आवश्यकताको विज्ञापन गरेको छ। २ जना मेकानिकसहित २० जना वृक्षरोपण हेरालु आवश्यक रहेको जनाउँदै मंगलबार सूचना जारी गरेको हो।

हेभी इक्विपमेन्ट र लाइट भेहिकलका लागि १/१ जना मेकानिक मागिएको छ। दुवै पदका लागि दरखास्त दिन चाहनेले साधारण लेखपढ तथा मेकानिकल ट्रेड सम्बन्धी सिटिइभिटीबाट सम्बन्धन प्राप्त संस्थाबाट एक वर्षे तालिम उत्तीर्ण गरेको हुनु पर्नेछ। उक्त पदका लागि उम्मेदवारले ५ वर्ष कार्य अनुभव प्राप्त गरेको हुनुपर्ने पनि योग्यताको मापदण्ड छ। पारिश्रमिक ३०/३० हजार रुपैयाँ हुनेछ।

आवेदकमध्ये ठुला आयोजनामा काम गरेकालाई मान्यता दिइने विज्ञापनमा उल्लेख छ। यस्तै २०  जना वृक्षरोपण हेरालुका लागि साधारण लेखपढ गर्न सक्ने तथा बोटबिरुवा रोपाइ तथा हेरचाह सम्बन्धी ज्ञान भएको, शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनुपर्ने उल्लेख छ। १५ देखि १८ हजार रुपैयाँसम्म तलब सुविधा हुनेछ।

नेपाली सेनाले आयोजनामा  रुख काटिएको रुखको बदलामा अन्य स्थानमा रोप्न सुरु गरेको छ। त्यसैको हेरचाहका लागि कर्मचारी मागिएको हो। सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको काठमाडौं-तराइ मधेस द्रुतमार्ग आयोजना लागि काम गर्न इच्छुक योग्यता पुग्ने नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन पाइने सूचनामा भनिएको छ।

कार्यालयको इमेल ठेगाना [email protected] वा कार्यालय समयमा  स्वयम उपस्थित भइ  आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, प्राप्त गरेको अनुभवको प्रतिलिपी, हालसालै खिचेको पासपोर्टको साइजको फोटो दुई प्रति राखी हुलाकको टिकट टाँस गरि लिखित निवेदन पेश गर्न भनिएको छ। थप जानकारीका लागि आयोजनाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ।