सिटिजन्स बैंकका प्रमुख कार्यकारी पोखरेलको एक करोड ३१ लाख कमाइ, ६२ लाख कर नै बुझाए



२०७७ मंसिर १४ गते १४:४२ | Nov 29, 2020


सिटिजन्स बैंकका प्रमुख कार्यकारी पोखरेलको एक करोड ३१ लाख कमाइ, ६२ लाख कर नै बुझाए


Tata
Global Ime

काठमाडौं। सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार पोखरेलले गत वर्षभरी एक करोड ३१ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका छन्।

अघिल्लो वर्षको आधाउदी समयमा उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएक हुन्। त्यसबेला पूर्व प्रमुख कार्यकारी राजनसिंह भण्डारी र उनले गरेर कुल एक करोड ७९ लाख रुपैयाँ तलब सुविधा बुझेका थिए।

बैंकका अनुसार पोखेरेलले गत वर्ष बुझेको कुल एक करोड ३१ लाख ९० हजार रुपैयाँमध्ये ६२ लाख २८ हजार रुपैयाँ त सरकारलाई आयकर नै बुझाएका छन्। उनले जम्मा ६९ लाख ६१ हजार रुपैयाँ मात्र उनले घर लैजान पाएका छन्। 

बैंकले मंसिर २० गते १४औं वार्षिक साधारणसभा डाकेको छ। सभाले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ। त्यही वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत पोखरेलको तलब सुविधा उल्लेख गरिएको छ।

गत वर्ष बैंकले कर्मचारीमा ९३ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ। यसबाहेक कार्यालय सञ्चालन खर्च ७१ करोड ६२ लाख रुपैयाँ गरेको छ। बैंकले गत वर्ष ८२ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले ९२ लाख रुपैयाँ मात्र वितरणयोग्य नाफा गरेको छ।