जागिरको खोजीमा हुनुहुन्छ? एनसेलको ‘एनसेल जबसप,’ रोजगारी खोज्ने र प्रदान गर्नेको प्लेटफर्म



२०७७ पुष १ गते १७:४८ | Dec 16, 2020


जागिरको खोजीमा हुनुहुन्छ? एनसेलको ‘एनसेल जबसप,’ रोजगारी खोज्ने र प्रदान गर्नेको प्लेटफर्म


Tata
Global Ime

काठमाडौं। एनसेलका ग्राहकले आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर सजिलै खोज्न सक्ने भएका छन्। एनसेल आजियाटाले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ। यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्छ।
 
एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान(#unpause)अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो। यो अभियानले हालको विषम् परिस्थितिमा भविष्यको पुनर्बिचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ।

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने 'कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ। भर्चुअल रूपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ। कार्यस्थल भन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृतिमा बढिरहेको बेलामा कामको खोजीमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं।'

अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबसपले विषम परिस्थितीका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गर्ने उनले बताए।

 

कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकता बीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत सन्देश प्राप्त हुन्छ। एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पहिला खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गर्नुपर्छ। जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ, तब एसएमएसमार्फत दैनिक रूपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ।
 
यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स१७१३७ ह्यास डायल गरी वा एनसेल जबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न करसहित ६ रुपैयाँ ३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहनेछ।
 
कम्पनीका अनुसार कामको खोजीमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसीमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन्। कामको खोजीमा रहेका व्यक्तिले कर सहित ३ रुपैयाँ ८३ पैसा मा ३ दिनको प्याक खरिद गर्न सक्ने छन्। यो समयसीमा भित्र कामदारको प्रोफाइल सक्रिय रहने कम्पनीले जनाएको छ।
 
 
ग्राहकले करसहित ८ रुपैयाँ ९४ मा ७ दिनको र करसहित ३८ रुपैयाँ ३१ पैसामा ३० दिनको समयसीमा रहेको प्याक सुचारु गर्न सक्नेछन्। धेरै समय प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक करसहित मात्र १ सय ५३ रुपैयाँ २२ पैसा र २ सय २९ रुपैयाँ ८४ पैसामा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।