एनएमबि बैंकका प्रमुख कार्यकारीको वार्षिक तलब सुविधा एक करोड ७५ लाख, १६.२ प्रतिशत लाभांश



२०७७ पुष २४ गते ११:५१ | Jan 8, 2021


एनएमबि बैंकका प्रमुख कार्यकारीको वार्षिक तलब सुविधा एक करोड ७५ लाख, १६.२ प्रतिशत लाभांश


Tata
Global Ime

काठमाडौं। एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई गत आर्थिक वर्ष एक करोड ७५ लाख २८ हजार रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ।

बैंकले अघिल्लो वर्ष केसीलाई एक करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो। बैंकले पुस २९ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, केसीलाई तलबबापत ५९ लाख ४ हजार रुपैयाँ र सञ्चय कोषबापत पनि ५९ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यसबाहेक भत्ता ५२ लाख ४८ हजार रुपैयाँका साथै बोनस तथा वेलफेयरबापत ५५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २ लाख ९ हजार ९०५ रुपैयाँ भुक्तानी गरेको छ। यद्यपि उनले सरकारलाई ३६ प्रतिशत आयकर नै तिर्छन्।

बैंकका प्रमुख ब्यवस्थापनका कर्मचारीले ५ करोड २४ लाख ४० हजार रुपैयाँ बुझेका छन्। प्रमुख ब्यवस्थापनमा नौ जना छन्। 

बैंकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाँदैछ। बैंकले गत वर्ष एक अर्ब ७१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।