सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने, रोजगारीको अवसर पनि 



२०७७ चैत्र १० गते १७:०१ | Mar 23, 2021


सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने, रोजगारीको अवसर पनि 


Tata
Global Ime

काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिले पाँचौ ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त माग गरेको छ।

तालिम लिन इच्छुकहरुले सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा चैत १८ गतेभित्र दरखास्त बुझाउनु पर्छ। 

तालिम सिप्रदीको तालिम केन्द्र चन्द्रागिरी काठमाडौंमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरमा प्राथमिकता दिने छ।

कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा लेभल-१ उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ। 

निःशुल्क दिइने तालिममा काठमाडौं उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, बिर्तामोड, हेटौंडा, वीरगन्ज, त्रिशूलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ।