बैंक कर्मचारीको तालिममा खर्च गर्नुपर्ने व्यवस्थामा राष्ट्र बैंक लचक, एक वर्षलाई फेरि सर्‍यो



२०७८ साउन ११ गते १७:३९ | Jul 26, 2021


बैंक कर्मचारीको तालिममा खर्च गर्नुपर्ने व्यवस्थामा राष्ट्र बैंक लचक, एक वर्षलाई फेरि सर्‍यो


Tata
Global Ime

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिडका कारण कर्मचारी दक्षता अभिवृद्धिका लागि गरिने खर्चमा बैंक तथा वित्तीय संस्थालाई राहत दिएको छ।

पोहोरदेखि नै यसमा बैंक वित्तीय संस्थाहरुलाई राहत दिइएको हो। 

प्रत्येक वर्ष अघिल्लो वर्षको कुल तलबभत्ता खर्चको न्यूनतम ३ प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नु पर्ने व्यवस्था छ। कोभिडका कारण यो हुन सकेको थिएन।

त्यसैले पोहोर यसलाई एक वर्ष सारिएको थियो। यसपाली पनि फेरि एक वर्ष सारिएको छ।