मौद्रिक नीति: जागिरेका लागि आधार दरमै ऋण उपलब्ध गराइने, २५ लाख रुपैयाँसम्म ऋण दिने



२०७८ साउन २९ गते १२:२० | Aug 13, 2021


मौद्रिक नीति: जागिरेका लागि आधार दरमै ऋण उपलब्ध गराइने, २५ लाख रुपैयाँसम्म ऋण दिने


काठमाडौं। जागिरेहरुका लागि नेपाल राष्ट्र बैंकले आधार दरमै ऋण दिने ब्यवस्था गर्ने भएको छ। राष्ट्र बैंकले अपरान्ह सवा चार बजे सार्वजनिक गर्ने मौद्रिक नीतिले विभिन्न पेशा ब्यवसायमा रहेकाहरुलाई ब्यवसायिक निरन्तरता कर्जा उपलब्ध गराउने घोषणा गर्ने छ।

Tata
Global Ime

गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने मौद्रिक नीतिमा यस्तो ऋण २५ लाख रुपैयाँसम्म दिने उल्लेख छ। डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक, अन्य कर्मचारीले यो ऋण पाउने छन्।

यसको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने छ। ऋण २ बर्षका लागि उपलब्ध हुने छ। यसका लागि धितो भने राख्नु पर्छ।

राष्ट्र बैंकले महिला उद्यमीलाई बिना धितो उपलब्ध गराउने ऋणको सीमा पनि बढाइ दिएको छ। यस्तो ऋण १५ लाखसम्म उपलब्ध गराउँदै आएकोमा अब २० लाखसम्म उपलब्ध गराउने छ। यसको ब्याजदरमा सरकारले ६ प्रतिशतसम्म ब्याज अनुदान उपलब्ध गराउँछ।