मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुँञ्जेलीको तलब एक करोड २ लाख रुपैयाँ, लाभांश १२.०७ प्रतिशत



२०७८ मंसिर २० गते १८:५९ | Dec 6, 2021


काठमाडौं। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीले गत आर्थिक वर्ष एक करोड २ लाख रुपैयाँ तलब बुझेकी छिन्। यसबाहेक उनले ८ लाख ५० हजार रुपैयाँ दसैं भत्ता बुझेकी छिन्। उनको तलव पोहोर पनि यत्ति नै थियो।

Tata
Global Ime

बैंकले आगामी २८ गते बार्षिक साधारणसभा गर्दैछ। सभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, खुँञ्जेलीले तीन लाख ७७ हजार रुपैयाँ इन्धन सुविधा लिएकी छिन्। यो पारिश्रमिकमा नाफाबाट पाइने बोनस जोडिएको छैन।

बैंकका प्रबन्धक तथा महाप्रबन्धकहरुले तलब ६ करोड ५७ लाख रुपैयाँ बुझेका छन भने भत्ता ३ करोड ६६ लाख रुपैयाँ बुझेका छन। उनीहरुले दसैं भत्ता ६२ लाख ८६ हजार, इन्धन सुविधा ५४ लाख २६ हजार रुपैयाँ बुझेका छन्। उनीहरुले नाफाबाट पाउने बोनस यहाँ जोडिएको छैन।

बैंकले गत आर्थिक बर्ष कुल कर्मचारी खर्च एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ गरेको छ। कार्यालय सञ्चालन खर्च एक अर्ब ११ करोड रुपैयाँ गरेको छ।

बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको २.०७ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ। यो लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ छ।