सिभिल बैंकमा १८ जनालाई रोजगारीको अवसर, रिलेसनसिप म्यानेजरदेखि ब्रान्च म्यानेजरसम्म माग



२०७८ मंसिर २२ गते १४:५८ | Dec 8, 2021


सिभिल बैंकमा १८ जनालाई रोजगारीको अवसर, रिलेसनसिप म्यानेजरदेखि ब्रान्च म्यानेजरसम्म माग


काठमाडौं। सिभिल बैंकले विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको छ। बैंकले बुधवार विज्ञापन प्रकासित गर्दै रिलेसनसिप म्यानेजरदेखि ब्रान्च मेनेजर सम्मका कर्मचारी माग गरेको हो।

Tata
Global Ime

बैंकले डिजटल ट्रान्सफर्मेसन म्यानेजर १ जना, डिजिटल बैंकिङका लागि ५ जना, ट्रेड फाइनान्स डिपार्टमेन्टका लागि २ जना, ब्रान्च म्यानेजर र रिलेसनसीप म्यानेजर ५/५ जना कर्मचारी माग गरेको छ।

आवेदकले एलएलसी वा सो सरहको योग्यता देखि माथिल्लो योग्यता सम्मका सबै प्रमाणपत्रको प्रतिलिपिसहित १५ दिन भित्र निवेदन दिनुपर्ने छ।

यी पदहरुमा न्युनतम १९ वर्षदेखि ५० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन सक्ने छन्। सम्बन्धित काममा कम्तीमा दुई वर्ष देखि सात वर्ष सम्मको कार्य अनुभव पनि माग गरिएको छ।