सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई दियो २ करोड २९ लाख रुपैयाँ वार्षिक तलब भत्ता



२०७८ पुष २ गते ०९:२६ | Dec 17, 2021


सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई दियो २ करोड २९ लाख रुपैयाँ वार्षिक तलब भत्ता


काठमाडौं। सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २९ लाख ५५ हजार रुपैयाँ तलब भत्ता तथा नाफाबाट बोनस दिएको छ। अहिले बैंकको प्रमुख कार्यकारीमा सुमन शर्मा छन्।

Tata
Global Ime

शर्मा गत माघ महिनामा प्रमुख कार्यकारी अधिकृत भएका हुन्। यो तलब गत आर्थिक वर्षको भएकाले पुरै उनले मात्र बुझेका भने होइनन्। माघसम्म जनक शर्मा पौडेल प्रमुख कार्यकारी अधिकृत थिए। 

अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत भुक्तानी गरेको थियो। 

बैंकले पुस १५ गते साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, बैंकले उच्च व्यवस्थापन तहका कर्मचारीलाई ४ करोड ३५ लाख ७५ हजार रुपैयाँ तलबभत्ताका साथै बोनस दिएको छ। बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारीसहित ९ जना छन्। यो सुविधा सीइओबाहेकका ८ जनालाई दिइएको हो।

बैंकले गत आर्थिक वर्ष एक अर्ब ५१ करोड ८१ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ। कार्यालय सञ्चालन खर्च एक अर्ब ५ करोड रुपैयाँ गरेको छ।

सभाले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ०.३५ प्रतिशत बोनस सेयर र ६.६५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। चुक्ता पुँजी अब १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्ने छ।