प्राइम बैंकका सीइओ मानन्धरको तलब हरेक साल वृद्धि, यसपल्ट २१ लाख बढेर २ करोड ६ लाख पुग्यो



२०७८ पुष २ गते ०९:३७ | Dec 17, 2021


प्राइम बैंकका सीइओ मानन्धरको तलब हरेक साल वृद्धि, यसपल्ट २१ लाख बढेर २ करोड ६ लाख पुग्यो


काठमाडौं। प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब वार्षिक रूपमा वृद्धि भइरहेको छ। गत आर्थिक वर्ष उनको तलब २१ लाख रुपैयाँले बढेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ।

Tata
Global Ime

यसमा नाफाबाट पाउने बोनस जोडिएको छैन। बोनस जोड्दा यो अझ धेरै हुन्छ। बैंकले पुस ६ गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वित्तीय विवरण अनुसार, मानन्धरले तलब मात्र एक करोड ८० हजार रुपैयाँ बुझेका छन्। भत्ता ८१ लाख २० हजार रुपैयाँ बुझेका छन्। 

उनले दसैं भत्ता भनेर १४ लाख रुपैयाँ थप बुझेका छन् भने सञ्चय कोष सुविधाबापत १० लाख ८० हजार रुपैयाँ लिएका छन्।  

मानन्धरको अघिल्लो आर्थिक वर्ष तलब ७६ लाख रुपैयाँले बढेर एक करोड ८५ लाख रुपैयाँ पुगेको पुगेको थियो। 

बैंकका उच्च व्यवस्थापनले वार्षिक तलब सुविधा एक करोड ६८ लाख रुपैयाँ बुझेका छन्। बैंकको साधारणसभाले ०.६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ भने १६ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने छ।