
पोखरा। अंग्रेजी नयाँ वर्षको स्वागतार्थका लागि हरेक वर्ष आयोजना हुँदै आएको सडक महोत्सव विहीबारदेखी सुरु भएको छ। ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको
२३ औं पोखरा ‘सडक महोत्सव’ पुस १७ गतेसम्म चल्नेछ।
महोत्सव सहिदचोकदेखी कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्र सम्म भइरहेको छ। महोत्सव अवधिमा सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।
फेस्टिबलको पहिलो दिन विहीबार हल्लनचोकबाट सांस्कृतिक झाँकी सहितको र्याली कोमागाने पार्कमा पुगी कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको छ।
यस्तै, महोत्सव अवलोकनका लागि पुग्नेलाई रेवानले बिहिबार र शुक्रबार कोभिड विरुद्धको जोनसन एण्ड जोनसनको खोप समेत उपलब्ध गराएको छ।