ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टको वार्षिक तलब भत्ता ८१ लाख रुपैयाँ



२०७८ पुष १८ गते १७:३३ | Jan 2, 2022


ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टको वार्षिक तलब भत्ता ८१ लाख रुपैयाँ


काठमाडौं। ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा तलब भत्ता बापत ८० लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको छ। बैंकले तलब बापत ५३ लाख १५ हजार, भत्ता १७ लाख ९९ हजार, दसैं भत्ता साढे चार लाख, सञ्चय कोष सुविधा ५ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको हो।

Tata
Global Ime

बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट छन्। बैंकको उच्च व्यवस्थापनले एक वर्षमा एक करोड ५९ लाख ५४ हजार रुपैयाँ बुझेको छ। उनीहरुलाई तलब बापत ८ लाख ११ हजार रुपैयाँ भुक्तानी गरिएको छ। बाँकी रकम भत्ता, दसैं भत्तालगायत छ।

बैंकले पुस २३ गते वार्षिक साधारणसभा गर्दैछ। सभाले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ।

बैंकले कुल व्यवस्थापन खर्च एक अर्ब एक करोड रुपैयाँ गरेको छ। यसमध्ये कर्मचारी खर्च (कर्मचारी बोनससहित) ६१ करोड ९८ लाख रुपैयाँ र कार्यालय सञ्चालन खर्च ३९ करोड २० लाख रुपैयाँ गरेको छ।