सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता, उपचार शुल्कमा छुट पाउने



२०७८ पुष २५ गते १६:१६ | Jan 9, 2022


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट सहित सेवा दिने सम्झौता भएको छ ।

Tata
Global Ime

सिटिजन लाइफ इन्स्योरेन्समा आइतवार आयोजित कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर  गरे।

सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित व्यक्तिहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पूर्णकालीन आवश्यक सेवाहरु विशेष छुटमा लिन सक्ने कम्पनीले जनाएको छ।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।

ॐ अस्पतालले कर्पोरेट डेस्कमार्फत संस्थागत सिफारिसमा उपचार तथा परीक्षणका लागि जानेको लागि सम्पर्क ब्यक्ति र हटलाइन नम्बरको समेत व्यवस्था गरेको जारी बिज्ञप्तीमा उल्लेख छ।