हिमालयन बैंक गल्फ प्रतियोगितामा एआइजी पाल प्रथम, महिलातर्फको उपाधि तारा कार्कीलाई



२०७८ पुष २५ गते १७:०६ | Jan 9, 2022


काठमाडौं। हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ मा एआइजी हरिबहादुर पाल प्रथम भएका छन्। रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको प्रतियोगितामा महिला तर्फ तारा कार्की चित्रकार प्रथम भएकी छिन्।

Tata
Global Ime

स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा मेजर जनरल बिजय मोक्तान दोस्रा भएका थिए। यसैगरी सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले जितेका थिए।

प्रतियोगितामा हिमालयन बैंकका जयन्द्र विक्रम शाहले पनि उपाधि जितेको बैंकले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

पुरुष जुनियर तर्फबाट टासी शेर्पा बिजयी बने भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले उचालिन्।

जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जितेका थिए भने  जुनियर क्लोजेष्ट टु द पीनको इदान्त सिंह साउद बिजेता बनेको बैंकले जनाएको छ।

पुरस्कार वितरण समारोहमा बैंकका संचालक विजय बहादुर श्रेष्ठले बैंकले लामो समयदेखि देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवर्द्धनमा योगदान गर्दै आएको र भविष्यमा पनि यो जारी रहने बताए।

उक्त प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, संचालक विजय बहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धक अनुप मास्के लगायतका व्यक्तिहरु उपस्थित रहेको बैंकले जनाएको छ।