जडीबुटी उत्पादन कम्पनीले महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढायो, के चाहिन्छ योग्यता?



२०७८ माघ १४ गते ०९:१९ | Jan 28, 2022


जडीबुटी उत्पादन कम्पनीले महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढायो, के चाहिन्छ योग्यता?


काठमाडौं। सरकारले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। वन तथा वातावरण मन्त्रालयले महाप्रबन्धक नियुक्ति छनोट समिति बनाएको छ। समितिले नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

Tata
Global Ime

महाप्रबन्धक हुन कम्तिमा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पतिशास्त्र वा अर्थशास्त्र विषयमा स्नातक तह उत्तीर्ण भएको हुनु पर्छ। साथै सम्बन्धित क्षेत्रमा १० वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्छ।

नियुक्ति छनोट समितिले इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। आवेदन दिन तीन हजार रुपैयाँ लाग्छ।

कम्पनी सञ्चालनको व्यवसायिक कार्ययोजना बुझाउनु पर्ने हुन्छ। कम्पनीलाई बिस्तार गर्ने रणनीतिक योजना पनि बुझाउनु पर्छ।