स्टार्टअपलाई कुनै पनि कर नलाग्ने अवधि बढायो भारतले, अब लगातार ४ वर्ष ‘ट्याक्स फ्री’



२०७८ माघ १८ गते १३:२९ | Feb 1, 2022


स्टार्टअपलाई कुनै पनि कर नलाग्ने अवधि बढायो भारतले, अब लगातार ४ वर्ष ‘ट्याक्स फ्री’


काठमाडौं। भारतमा सरकारले स्टार्टअप व्यवसायहरुलाई दिएको कर सहुलियतको सीमा बढाएको छ। आज वित्तमन्त्री निर्मला सितारमणले सन् २०२२-२३ को बजेट प्रस्तुत गर्दै थप एक वर्ष कर छुटको घोषणा गरेकी हुन्।

Tata
Global Ime

यसअघि लगातार तीन वर्ष कर नलाग्‍ने व्यवस्था गरेको मोदी सरकारले त्यसमा एक वर्ष थप गर्दै स्टार्टअप व्यवसायहरुले चार वर्षसम्म कुनै पनि कर तिर्नु नपर्ने बनाएको छ।

यसले भारतमा उद्यमशीलताको वातावरण सिर्जना हुने र देशलाई नवप्रवर्तन र व्यवसाय विस्तारमार्फत रोजगारी सिर्जना तथा अर्थतन्त्रको रफ्तारका लागि मद्दत पुग्ने अपेक्षा मोदी सरकारको छ। 

नेपालमा पनि निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटबाट स्टार्टअप व्यवसायलाई कम्पनी दर्ता भएको पाँच वर्षसम्म कर छुटको घोषणा गरेका छन्।