यूनियन लाइफको नयाँ स्किम, मृत्यु भएमा परिवारलाई दुई गुणा बढि रकम



२०७८ माघ २४ गते १६:४७ | Feb 7, 2022


काठमाडौ। यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विविध सुविधाहरु सहितको  जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ।

Tata
Global Ime

कम्पनीले बीमा समितिबाट  योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो। बीमा अवधि भित्र कालगतिले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ।

योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँदेखि आयस्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। साथै न्युनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सकिने भएको छ।

यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ। उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था  रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए।    

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने उनको भनाइ छ ।