होटल याक एण्ड यतीले ल्यायो भ्यालेन्टाइनका लागि आकर्षक योजना, मूल्य पाँच हजार मात्रै



२०७८ माघ २९ गते १७:४५ | Feb 12, 2022


होटल याक एण्ड यतीले ल्यायो भ्यालेन्टाइनका लागि आकर्षक योजना, मूल्य पाँच हजार मात्रै


काठमाडौं। होटल याक एण्ड यतीले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ। होटलले पाँच हजार रुपैयाँमै ल्याभिस भ्यालेन्टाइन बुफेट सहितको प्याकेज ल्याएको हो।

Tata
Global Ime

यो योजना अनुसार होटलमा रहेको स्पाइस रुम र द चिम्नी रेष्टुरेण्टमा आकर्षक सेवा लिन सक्ने होटलले जनाएको छ।

'ग्राहकले आफ्नो इच्छा अनुसार डिनर भेन्यु छनोट गर्न सक्नु हुनेछ। यो योजना अन्तर्गत स्पाइस रुम र चिम्नी रेष्टुरेण्टको रोमान्चक एम्वियन्समा सेवा दिइनेछ। लाइभ भायोलिन म्युजिक सहितको खानपिनको व्यवस्था गरिएको छ,' होटलका एक कर्मचारीले भने।

होटलका अनुसार यो दिनका लागि १४ हजार दुई सय २२ रुपैयाँमा खानपिन सहित बसाइँको पनि आकर्षक योजना छ। यो योजना अन्तर्गत ग्राहकले बसाइँ सँगै इच्छा अनुसारको खानपिन र अर्को दिन ब्रेकफास्टको व्यवस्था गरिएको जनाइएको छ। होटलका अनुसार ग्राहकले यो दिन पाँच थरी परिकार खान पाउनेछन्।