औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्ष बन्न पाँच जनाको नाम स्वीकृत, ६ गते अन्तर्वार्ता हुने



२०७८ फागुन ४ गते १०:५१ | Feb 16, 2022


औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्ष बन्न पाँच जनाको नाम स्वीकृत, ६ गते अन्तर्वार्ता हुने


काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष बन्न ५ जनाले निवेदन दिएका छन्। निवेदन स्वीकृत भएका ५ जनालाई फागुन ६ गते अन्तर्वार्ताको लागि बोलाइएको छ। 

Tata
Global Ime

आवेदन स्वीकृत हुनेहरुमा भक्तपुरका भूषण वैद्य, धनुषाको शहिदनगर-७ का राजकुमार मण्डल, डडेलधुराको खलंगा-२ का राजेन्द्र थापा, गुल्मीको धुर्कोट-५ का लुमकान्त भण्डारी र स्याङ्जाका विष्णुप्रसाद ढकाल छन्। 

कम्पनीको  अध्यक्ष खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्ति गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्‍वान गरेको थियो।  

अब उम्मेदवारहरूले  आफूले पेश गरेका प्रमाणपत्र तथा अन्य कागजातका सक्कलप्रतिसहित अन्तर्वार्ताका लागि उद्योग मन्त्रालयमा उपस्थित हुनु पर्नेछ। लिमिटेडले देशभरी रहेका औद्योगिक क्षेत्रहरुलाई नियमन गर्दै आएको छ।