
काठमाडौं। पदयात्रा तथा पर्वतारोहणका लागि उपयुक्त हुने आउटडोर वेयर उपलब्ध गराउँदै आएको नेपाली ब्राण्ड लुक्ला आउटडोरले काठमाडौंमा पनि शाखा बिस्तार गरेको छ।
हिमाली संस्कृति तथा जीवनशैलीलाई प्रवर्द्धन गर्दै तीन वर्षअघि लुक्लामा स्थापना भएको लुक्ला आउटडोरले काठमाडौंको मण्डिखाटारमा शाखा खोलेको हो।
लुक्लाका चार स्थानीय महिलाहरुले बिदेशी ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न सकिने गरी प्रिमियम उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१९ मा यो कम्पनी स्थापना गरेका हुन्।
तीन वर्षमा ग्राहकहरुबाट पाएको प्रतिक्रिया र बिक्रीबाट उत्साहित भएर नै काठमाडौंमा पनि यसको शाखा स्थापना गरिएको संस्थापक मध्येकी एक बिमला शेर्पाले बताइन्। लुक्ला पुग्ने पर्यटकहरुले आफ्नो उत्पादन निकै रुचाएकोले काठमाडौंमा पनि शाखा बिस्तार गर्ने योजनाले मूर्त रुप पाएको उनको भनाई छ।
कम्पनीको मण्डिखाटार शाखाबाट पनि पदयात्रा तथा पर्वतारोहणका लागि उपयुक्त हुने प्रिमियम आउटडोर वेयरहरु उपलब्ध हुने उनले जानकारी दिइन्।
यसका लागि स्थानीय बजारबाटै कच्चा पदार्थहरु लिने र अन्तराष्ट्रिय ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न सकिने गुणस्तरीय उत्पादनमै जोड दिने शेर्पा बताउँछिन्। काठमाडौंका लागि यहीँ नै कारखाना खोलेर कपडाहरु तयार भैरहेको उनले जानकारी दिइन्।
नयाँ शाखाले सुरुवाती अफरका रुपमा सबै उत्पादनमा १५ प्रतिशत छुट अफर समेत दिएको छ।