हाइग्राउडमा जिपलाइन गर्नेले अन्नपूर्ण केबुलकारको टिकट सित्तैमा पाउने, भ्यू टावर ५ मिनेटमै



२०७८ फागुन १० गते १५:३४ | Feb 22, 2022


हाइग्राउडमा जिपलाइन गर्नेले अन्नपूर्ण केबुलकारको टिकट सित्तैमा पाउने, भ्यू टावर ५ मिनेटमै


पोखरा। हाइ ग्राउण्ड एडभेन्चर्सले पर्यटक लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ। हाइ ग्राउण्डमा गएर जिपलाइन गर्ने पर्यटकले अन्नपुर्ण केबुलकारको रुटिकट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

Tata
Global Ime

कम्पनीका अनुसार जिपलाइन बुक गर्ने पर्यटकले केवलकारमार्फत सराङकोट पुगेर जिपलाइन गरी हेम्जा झर्न सक्नेछन्। लेकसाइड पामे रोडमा रहेको सेती बगरबाट सराङकोट पुग्ने केवलकारको दुरी २.१६ किलोमीटर रहेको छ।

सराङकोट भ्यू टावर केवलकारको टप स्टेसनबाट पाँच मिनेट पैदल दुरीमा रहेको कम्पनीले जनाएको छ। यहाँबाट पर्यटकले समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङकोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्यसँगै प्याराग्लाइडिङको उडान नजिकैबाट नियाल्न सक्नेछन्।

अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइजी रहेको हाइग्राउण्डले पोखरामा सन्चालनमा ल्याएको विश्वकै भिरालो र छिटो (द वर्ल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा पर्यटकले सुपरम्यान जिपलाइनको समेत अनुभव लिनसक्ने जनाइएको छ।

कम्पनीका अनुसार जिपलाइनको टप स्टेसन सराङकोटबाट बटम स्टेशन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । विश्वकै एक मात्र भिरालो क्षेत्रमा रहेको जिपलाइन भएको जनाउँदै कम्पनीले विश्व किर्तीमानीका लागि दर्ता गर्न आवेदन दिइसकेको जनाएको छ।