याक एण्ड यतीले प्रहरी वृत्त दरबारमार्गमा कार्यरत महिला प्रहरीलाई नारी दिवसमा गर्‍यो सम्मान



२०७८ फागुन २६ गते १५:१० | Mar 10, 2022


याक एण्ड यतीले प्रहरी वृत्त दरबारमार्गमा कार्यरत महिला प्रहरीलाई नारी दिवसमा गर्‍यो सम्मान


काठमाडौं। होटल याक एण्ड यतीले नारी दिवसको अवसरमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत महिला प्रहरी कर्मचारीहरुलाई सम्मान गरेको छ। 

Tata
Global Ime

होटल याक एण्ड यतीकी प्रतिनिधि मोनिका सेइब्लरले महिला प्रहरी कर्मचारीहरुलाई होटलमा रहेको भारतीय रेष्टुरेन्ट स्पाइस रुममा सम्मान गरेकी थिइन्।  

यस्तै, होटलले आफ्ना महिला कर्मचारीहरुलाई भने व्यवसायिक करियर र आत्मबल वृद्धिसम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको थियो।  

उक्त अन्तरक्रियात्मक कार्यक्रमलाई होलिस्टिक लाइफस्टाइल कन्सल्टेन्ट प्रेरणा शाह, मिस युनिभर्स नेपाल २०२१ सुजिता बस्नेत र मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले महिला प्रहरीहरुलाई उक्त सेसनमा सहजीकरण गरेका थिए।