नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नेपाल लाइफ अनमोल जीवन’ योजना, यस्ता छन् सुविधाहरु



२०७८ चैत्र २ गते १०:३३ | Mar 16, 2022


नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नेपाल लाइफ अनमोल जीवन’ योजना, यस्ता छन् सुविधाहरु



काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ। यो जीवन बीमा योजना नाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा भएको कम्पनीले जनाएको छ। 

Tata
Global Ime

१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको योजना लिन सक्नेछन्। बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार रुपैयाँदेखि आयस्रोतका आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिने कम्पनीले जनाएको छ।

बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेमा बीमा शुल्कमा १% छुट दिइने कम्पनीले जनाएको छ। तर, अर्धवार्षिक छनोट गर्दा भने छुट नपाइने बताइएको छ। त्यसैगरी, बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेमा बीमा शुल्कमा ३ प्रतिशत थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्ने कम्पनीले जनाएको छ। 

त्यसैगरी, वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्य पाउन सकिने छ।समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाउन सकिने योजनामा छ। बीमालेखको बीमा अवधि समाप्ति पछि पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी  भएको ५ वर्ष पूरा भइसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने सुविधा कम्पनीले दिनेछ।

बीमितले इच्छाइए अनुसार अग्रिम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्ने बताइएको छ। यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरिकाको सर्भाइबल बेनिफिट लिने बारे उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ। 

बीमालेखको बीमा अवधि सकिए पछिको समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको सर्भाइबल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने तर यस्तो सर्मपण रकममा कर्जा भने नपाइने कम्पनीले जनाएको छ। 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभको सुविधा पाउने छन्।    

यस्तै, १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ। 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग सुविधा लिन सक्ने कम्पनीले जनाएको छ। 

त्यसैगरी, बीमालेख चालु रही बीमा अवधि समाप्तिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी दिइने कम्पनीले जनाएको छ। 

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चातको सुविधा उपभोगको लागि छनोट गरेको उमेरभित्र जीवित लाभ (सर्भाइबल बेनिफिट) रकम लिनु भन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पुनः बीमांक बराबरको रकम प्रदान गरिने कम्पनीले जनाएको छ।