दरबारमार्गमा खुल्दै नयाँ सिनेमा हल, क्युएफएक्स र गुण समूहको दरबार सिनेम्याक्सबीच सम्झौता



२०७८ चैत्र २ गते १४:५५ | Mar 16, 2022


दरबारमार्गमा खुल्दै नयाँ सिनेमा हल, क्युएफएक्स र गुण समूहको दरबार सिनेम्याक्सबीच सम्झौता


काठमाडौं। सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दरबारमार्गस्थित दरबार मलमा रहेको सिनेमा हलमा आफ्नो चेन विस्तार गरेको छ। दरबार मलमा रहेको दरबार सिनेम्याक्समा क्युएफएक्सको चेन संचालन गर्ने तयारी भएको क्युएफएक्सका सीइओ रोशन अडिगाले जानकारी दिए।

Tata
Global Ime

मंगलबार मात्रै क्यूएफएक्सका सीइओ रोशन अडिगा र गुण समूहको लगानी रहेको दरबार सिनेम्यासका तर्फबाट निर्देशक दिप्रस शाक्यबीच लिखित सम्झौता भएको थियो।

दुवै कम्पनीबीच सम्झौता भएपनि हल कहिले संचालनमा आउने भने तय भइनसकेको अडिगाले बताए। 

हालै निर्माण सम्पन्न भएको दरबार मलको छैटौं तल्लामा दुईवटा अडिटोरियम रहने बताइएको छ।