होलीमा एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु, बुधबारबाटै संचालनमा आएका नयाँ प्याक यस्ता छन्



२०७८ चैत्र २ गते १६:१३ | Mar 16, 2022


होलीमा एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु, बुधबारबाटै संचालनमा आएका नयाँ प्याक यस्ता छन्



काठमाडौं। एनसेल आजियाटाले फागु पुर्णिमाको अवसरमा गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै उक्त प्याक ल्याइएको एनसेलले जनाएको छ। 

Tata
Global Ime

यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ। ग्राहकहरुले अब करसहित १२९ रुपैयाँमा ७ जीबी अलटाइम डेटा प्याकको फाइदा  लिँदै ७ दिनसम्म हरेक दिन १ जीबी डेटा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ। त्यसैगरी १४ जीबी अलटाइम डेटा प्याक १९९ रुपैयाँमा किनेर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्ने बताइएको छ।

यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ। एनसेल प्रयोगकर्ताहरुले १६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्ने बताइएको छ। पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिनसम्म कुल ७ जीबी पाइरहेको एनसेलले जनाएको छ। 

अब एनसेलले २६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग गर्न सक्छन्। यसअघि एनसेल प्रयोगकर्ताहरुले सोही मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म पाइरहेका थिए। त्यसैगरी, अब ५९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन्। जसअन्तर्गत ग्राहकले हरेका दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।

नयाँ तथा परिमार्जित प्याकहरु बुधबारबाटै संचालनमा ल्याएको एनसेलले जनाएको छ। प्रिपेड ग्राहकहरुले *१७१२३*१# डायल गरी सेवा सुचारु गर्न सक्ने बताइएको छ।