नेपाल टेलिकमले ल्यायो होलीलक्षित अफर, ६९ रुपैयाँमै २४ घण्टा एक एमबीपीएस अनलिमिटेड डेटा



२०७८ चैत्र २ गते १६:४२ | Mar 16, 2022


नेपाल टेलिकमले ल्यायो होलीलक्षित अफर, ६९ रुपैयाँमै २४ घण्टा एक एमबीपीएस अनलिमिटेड डेटा


काठमाडौं। होलीको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर ल्याएको छ। चैत ३ देखि चैत १७ गतेसम्म उक्त अफर उपलब्ध हुने टेलिकमले जनाएको छ। 

Tata
Global Ime

अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डेटा ३ दिनका लागि उपलब्ध हुने बताइएको छ। 

यस्तै, २९४ रुपैयाँमा २० जीबी डेटा १० दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ। *१४१५*११# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी प्याक खरिद गर्न सकिन्छ। 

फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफर १५ दिनसम्म कायम रहने बताइएको छ।