आइएमई पेद्वारा ‘उत्सवको बहार दुबई घुम्ने उपहार’का विजेता घोषणा, भ्रमण खर्च ट्रान्सफर



२०७८ चैत्र ६ गते १४:३७ | Mar 20, 2022


आइएमई पेद्वारा ‘उत्सवको बहार दुबई घुम्ने उपहार’का विजेता घोषणा, भ्रमण खर्च ट्रान्सफर



काठमाडौं। आइएमई पेले दसैं, तिहार र छठलाई लक्षित गरी ल्याएको उत्सवको बहार दुबई घुम्ने स्किमको विजेता घोषणा गरेको छ। 

Tata
Global Ime

धनगढी कैलालीको अमिगो मनी ट्रान्सफर र सिमरा बाराको मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता बनेको आइएमई पेले जनाएको छ। 
आइएमई काउन्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरे वापत प्रणालीमा आधारित लक्की ड्र मार्फत विजेता छानिएको कम्पनीले जनाएको छ। 

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुबई घुम्ने गरी पुरस्कार तयार गरिएको जनाइएको छ।

कोभिड महामारीका कारण विदेश भ्रमण गर्न सहज अवस्थालाई हेरे भ्रमण खर्च स्वरुप प्रतिजोडी एक लाख ५० हजार रुपैयाँ आइएमई पे एप मार्फत विजेताहरुलाई ट्रान्सफर गरिएको कम्पनीले जनाएको छ।