टेलिकम क्षेत्रलाई साइबर आक्रमणबाट जोगाउन संयन्त्र बन्ने, परामर्शदाताको सर्टलिस्टमा ४ कम्पनी



२०७८ चैत्र ७ गते १०:१७ | Mar 21, 2022


टेलिकम क्षेत्रलाई साइबर आक्रमणबाट जोगाउन संयन्त्र बन्ने, परामर्शदाताको सर्टलिस्टमा ४ कम्पनी


काठमाडौं। साइबर आक्रमणबाट टेलिकम क्षेत्रको सुरक्षाका लागि नेपाल दूरसंचार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सीइआरटी) र साइबर सेक्युरिटी सिमुलेसन ल्याब स्थापना गर्न लागेको छ।

Tata
Global Ime

यसको परामर्शदाता सेवाका लागि प्राधिकरणले चार कम्पनीलाई सर्टलिस्ट गरेको छ। भारतको इआरएनएसटी एन्ड योङ एलएलपी, फाल्कन-राकम जेभीका साथै सुबिसु केबलनेट र पोल्याण्डको पेन्टाकम्प सिस्टमीलाई सर्टलिस्ट गरेको हो।  

प्राधिकरणले अक्टोबर १० मा टेलिकम उद्योगलाई साइबर सुरक्षाबाट जोगाउन साइबर सेक्युरिटी सिमुलेसन ल्याब स्थापना गर्ने आशयपत्र मागेको थियो।

आशयपत्र बुझाएका चार कम्पनीलाई प्राधिकरणले सर्टलिस्ट गरेको जनाएको छ।