
काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसीटी नीतिको मस्यौदा निर्माणका लागि परामर्श सेवा दिन चार कम्पनीलाई सर्टलिस्ट गरेको छ।
प्राधिकरणले ग्रीनटिक नेपाल प्रालि, अपवेदा टेक्नोलोजी प्रालि, इन्क्लुसिभ-एभरेष्ट जेभी र महारुद्र ग्रुप प्रालिलाई सर्टलिस्ट गरेको जनाएको छ।
सर्टलिस्ट भएका कम्पनीहरुले प्राधिकरणमा प्रस्तुत गर्ने आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकनका आधारमा एउटा कम्पनीलाई छनोट गरिने प्राधिकरणले जनाएको छ।
गत पुस १५ गते प्राधिकरणले आइसीटी नीतिको मस्यौदा निर्माणका लागि परामर्शदाता सेवा दिन ठेक्का आह्वान गरेको थियो।