टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुरा गर्न ल्यायो अल नेट भ्वाइस प्याक, यस्ता छन् अफर



२०७८ चैत्र १६ गते १५:५३ | Mar 30, 2022


टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुरा गर्न ल्यायो अल नेट भ्वाइस प्याक, यस्ता छन् अफर


काठमाडौं। नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक ल्याएको छ।  
हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै त्यसमा थप सुविधासहित विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक ल्याउन लागेको टेलिकमले जनाएको छ। 

Tata
Global Ime

टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक दुई सय ६५ रुपैयाँ र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक पाँच सय ५० रुपैयाँमा पाइने जनाएको छ। 

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपैयाँमा पाइने टेलिकमले जनाएको छ।  

साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुने टेलिकमले जनाएको छ। 

पाँच सय ९९ रुपैयाँमा कम्पनी भित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको टेलिकमले जनाएको छ। अब पाँच सय ९९ रुपैयाँमा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन एक जीबी डेटा चलाउन सकिन्छ। 

साथै, सात सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र दुई सयवटा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ। 

यो प्याकमा प्रतिदिन एक जीबी डेटा समेत चलाउन सकिन्छ। नौ सय ९९ र १४ सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असिमित कुराकानी गर्नुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असिमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुने बताइएको छ।

त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डेटा तथा चार सयवटा र एक हजार वटा अल नेट सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ। 

यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन्। नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिने बताइएको छ।